मेचीनगर प्रमुख विमल आचार्यलाई कोरोना पुष्टि

   २९ आश्विन २०७७, बिहीबार १२:०१  

२९ असोज, रौतहट । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना भाइ्रस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

कनकाईमा रहेको पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल उनी होम आइसोलेशनमा बस्नु भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले जानकारी दिए ।
यस अघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोना सङ्क्रमण भएको थियो ।

त्यसैगरी, राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य दयाराम दाहाल कोभिड–१९ को सङ्क्रमणबाट मुक्त हुनुभएको छ । असोज १६ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारका लागि उनी भर्ना भएका थिए ।