संघीय सांसद सानु सिवा पहाडीको सिवाको निधन

   २८ आश्विन २०७७, बुधबार १२:३८  

२८ असोज, रौतहट । आज संघीय संसद प्रतिनिधिसभाकी सदस्य सानु सिवा पहाडीको निधन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट समानुपनतिक कोटमा प्रतिनिधिसभा सदस्य बनेकी सानु सांगितिक क्षेत्रमा उनी निकै अब्बल मानिन्थिन् ।

लामो समयदेखि मृगौला र मुटुको समस्याबाट पीडीत सांसद सिवाको काठमाडौँको मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको सिवाका परिवारका सदस्यलाई उधृत गर्दाै ताप्लेजुङ सरोकार केन्द्रका उपाध्यक्ष टंक श्रेष्ठले जानकारी दिएका छन् ।

दुबै मृगौलाले काम गर्न छाडेपछि उनको केहि समय केहि मृगौला प्रत्यारोपणसमेत गरिएको थियो ।

ताप्लेजुङमा जन्मिएकी सानुको कर्मघर भने इलाममा रहेको हो ।