चितवनमा थप एक संक्रमितको मृत्यु
२७ असोज, रौतहट । चितवन मेडिकल कलेजमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका १० निवासी एक ७८ वर्षीय पुरुषको उपचारका क्रममा हिजो राति करिब ८ः४० मा नै मृत्यु भएको अस्पतालले जनाएको छ ।
यही असोज २२ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि असोज २४ गते अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
आईसीयूमा राखेर उनको उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालका सूचना अधिकारी डा. किशोर अधिकारीले जानकारी दिए ।
डा. अधिकारीका अनुसार उनी प्रोस्टेट क्यान्सरबाट पनि पीडित थिए ।