सप्तरीमा कोरोनाबाट थप एक जनाको मृत्यु

   २३ आश्विन २०७७, शुक्रबार १३:१०  

२३ असोज, रौतहट । सप्तरीमा कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ बस्ने ६७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतक पुरुषमा ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि, यही असोज १८ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएपछि सोही दिन स्वाब संकलन गरिएको थियो । उनको पीसीआर रिपोर्ट असोज २१ गते पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

संक्रमितलाई बिहीबार श्वासप्रश्वासमा समस्या देखिएपछि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर गरिएको थियो । धरानतर्फ जाने क्रममा बाटोमै संक्रमितको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डां. रंजित झाले जानकारी दिए ।

मृतक पुरुषमा निमोनियासमेत देखिएको थियो ।