कैलालीमा आफ्नै छोरीलाई बलात्कार गरेर बुवा फरार
द नेपाल मिडिया
२२ आश्विन २०७७, बिहीबार १४:२७
२२ असोज, रौतहट । कैलालीमा बाबुले बलात्कार गरेको आरोप लगाउँदै छोरीले प्रहरीमा उजुरी दिएकी छिन् ।
कैलालीको गोदावरीमा ११ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता भएको हो ।
४५ वर्षीय बाबुले आफ्नै ११ वर्षीया छोरीलाई शनिबार राति बलात्कार गरेको भनदै जाहेरी आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।
पीडित पक्षले १९ गते जाहेरी दिएको र त्यसै दिन मुद्दा दर्ता गरिएको प्रवक्ता बिष्टले जानकारी दिए । शनिबार राति आरोपी बाबुले बलात्कार गरेर आइतबार फरार भएका बिष्टले बताए ।