ललितपुरमा कोरोना संक्रमित महिलाको मृत्यु

   २१ आश्विन २०७७, बुधबार १३:०७  

२१ असोज, रौतहट । ललितपुरमा उपचाररत एक कोरोना संक्रमित महिलाको बुधबार बिहान मृत्यु भएको छ ।

ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा बालाजुकी ६९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

उनमा यही असोज १७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालमा भर्ना भएकी थिइन् । मृतक महिलामा ज्वरो आउने, हाइपर टेन्सन र मुत्रनलीमा समेत समस्या रहेको अस्पतालको चिफ अपरेटिङ अफिसर अमिष पाठकले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको पाठकले बताए।