डा. केसीको स्वास्थ्य जटिल, रक्तचाप अत्यधिक घट्यो

   २१ आश्विन २०७७, बुधबार ११:२९  

२१ असोज । २४ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको अवस्था झन् जटिल बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।

उपचारमा संलग्‍न डा. सुवास आचार्यले डा. केसीको स्वास्थ्य अवस्था अत्यधिक चिन्ताजनक बनेको जानकारी दिए ।

उनका अनुसार रक्तचाप अत्यधिक मात्रामा घटेर ७०/५० पुगेको, सुगरको मात्र निकै कम भएको छ । ‘‘नर्मल स्लाइन दिइएको छ, अन्य कुनै पनि उपचार सेवा लिन मान्‍नुभएको छैन,’’ उनले भने, “जुनसुकै समयमा आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था देखिएको छ ।”

गत भदौ २९ गते ६ बुँदे माग राखेर जुम्लाको एक मन्दिरमा डा. केसीले सत्याग्रह सुरु गरेका थिए ।