कोरोना संक्रमणबाट बुधबार दुई जनाको मृत्यु
द नेपाल मिडिया
२१ आश्विन २०७७, बुधबार १०:५७
२१ असोज, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत बुटवल र नवलपरासी पश्चिमका दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नंं. ९ बस्ने ५५ वर्षीया महिला र सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो
असोज १६ गते उनमा कोरोना संक्रमण पुष्टि भर्ई आईसीयूमा उपचाररत पुरुषको गएराति १२ः५० बजे मृत्यु भएको छ, भने १७ गते अस्पताल भर्ना भएकी महिलाको बुधबार बिहान करिब ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
दुवै कोरोना संक्रमितमा सुक्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचापको समस्यासमेत रहेको डा। गौतमले जानकारी दिए ।