दमक नगरपालिकाका मेयरलाई कोरोना पुष्टि
द नेपाल मिडिया
२० आश्विन २०७७, मंगलवार ११:४३
२० असोज, रौतहट । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
सोमबार उनलाई, उनकी श्रीमती र छोरालाई समेत कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख कार्याकारी अधिकृत गणेश तिम्सिनाले जानकारी दिए ।
नगरप्रमुखसहित एक वडाध्यक्षलाई पनि कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि भएपछि ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले बताए छन्, भने कोरोनाका कहरका कारण आजदेखि ४ दिनका लागि दमक नगरपालिका बन्द गरिएको छ ।