नयाँदिल्लीका विद्यालयहरु अक्टोबर ३१ सम्म बन्द रहने्
१९ असोज, रौतहट । नयाँदिल्लीका विद्यालयहरु कोभिड महामारीका कारण लामो समयदेखि बन्द रहेको विद्यालयहरु यस महिनाको अन्त्यसम्म बन्द रहने दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले जनाएका छन् ।
‘दिल्लीमा विद्यालयहरू बन्द राख्ने निर्णयलाई थपिएको छ । मैले दिल्लीमा सबै विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द गर्ने निर्देशन जारी गरेको छु । यसबारेको आदेश चााडै जारी गरिनेछ,’ सिसोडियालाई उद्धृत गर्दै भारतको राष्ट्रिय दैनिक हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतका शैक्षिक संस्थाहरूलाई सोमबारदेखि आंशिक रुपमा भएपनि खोलिने हल्लाबीच उक्त घोषणा सार्वजनिक भएको हो । यस पहिलेको निर्देशनमा महामारीका कारण नयाा दिल्लीमा विद्यालयहरूलाई अक्टोबर ५ सम्म बन्द गर्ने उल्लेख गरिएको थियो ।
संघीय सरकारले गत सेप्टेम्बर ३० मा कोभिड–१९ को लकडाउनलाई थप खुला गर्नका लागि नियमहरू सार्वजनिक गरिएको थियो । यद्यपि विद्यार्थीहरूले अनलाइन कक्षाहरूमा सामेल हुन चाहेमा उनीहरूलाई यसका लागि अनुमति दिइएको छ । विद्यार्थीको हाजिरका लागि बाध्य पार्न नपाइने र अविभावकको सल्लाहमा अनलाइन कक्षामा सहभागिता गराउन सकिने सरकारी निर्देशनमा उल्लेख छ ।
कोभिड–१९ का कारण दिल्ली भारतकै छैठौं बढी प्रभावित राज्य हो । दिल्लीमा अहिलेसम्म दुई लाख ८७ हजार ९३० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ हजार ४७२ जनाको मृत्यु भएको छ । आइतबारको तथ्यांक अनुसार भारतमा कूल ६५ लाख ४९ हजार ३७३ व्यक्ति कोभिड–१९ संक्रमित भएका छन् भने एकलाख एक हजार ७८२ जनाको मृत्यु भएको छ ।