भारतमा २४ घण्टामा ७५,८२९ कोरोना संक्रमित थपिए, ९४० जनाको मृत्यु

   १८ आश्विन २०७७, आईतवार १२:२९  

१८ असोज, रौतहट । भारतमा पछिल्लो २९ दिनमा ३० लाख भन्दा बढी कोरोना संक्रमितहरु भेटेका छन् । आईतबार ७५,८२९ नयाँ संक्रमित थपे सँगै जम्मा संक्रमित ६५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९४० जना संक्रमितको मृत्यु भएका छन्

हरेक ६–७ दिनमा पांच लाख कोरोना संक्रमित थपिदै छन् , जबकि कोरोनाको शुरुवातमा एक लाख देखि पांच लाख संक्रमित संख्या हुन ३९ दिन लाग्दै थियो । दिन बित्दै जादा संक्रमित संख्या बढदै गयो । संक्रमित संख्या ३० देखि ३५ लाख पुगे पछि हरेक हप्ता पांच लाख नयाँ संक्रमितहरु भेटन् थाले ।

त्यस्तै निको हुने दर बढि भएको ले अहिले सम्म ५० लाख को करिब संक्रमितहरु निको भई घर फर्कि सकेका छन् ।

आईसीएमआर (ICMR) का अनुसार , पछिल्लो २४ घण्टमा ७५,८२९ संक्रमित थपेका छन् । पछिल्लो केही दिनमा नयाँ संक्रमितको संख्या घटेको छ । पछिल्लो २४ घण्टामा ९४० जना संक्रमितको मृत्यु भएका छन् । भारतमा मृत्युहुने कुल संख्या एक लाख नाघेको छ । महाराष्ट्र, कर्नाटक , आंध्र प्रदेश और उत्तर प्रदेश बढि प्रभावित हुने राज्यहरु हुन् ।