सुनचाँदीको मूल्य बढ्या
१८ असोज, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ बढेको हो ।
महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै, आइतबारका लागि चाँदीको भाउ प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ, भने शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ, तेजावी सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ र चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।