नेपाली कांग्रेसका केन्द्रीय सदस्यसांसद गगन थापालाई कोरोना पुष्टि
१८ असोज, रौतहट । नेपाली कांग्रेसका केनद्रीय सदस्य तथा सांसद गगन थापालाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ।
दुई दिनअघिदेखि कांग्रेसले पार्टी कार्यालयमा केन्द्रीय सदस्यसहित २५० जनाको स्वाब संकलन गरिएको थियो । शनिबार रिपोर्ट आउँदा थापाका कोरोना रिपोर्ट पोजेटिभ आएको उनको उनको सचिवालयले जनाएको छ, भने थापा स्वकीय सचिव सबिन मुडभरीको पीसीआर नेगेटिभ आएको छ ।
‘असोज १५ गते पार्टी कार्यालयमा भएको पीसीआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ । मेरो स्वास्थ्य अवस्था सामान्य छ । अहिले म घरमै आइसोलेसनमा छु,’ थापाले भने, ‘यसबीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।’
तीमध्ये थापा, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलाई कोरोना संक्रमण देखिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
अन्य केहीलाई पनि संक्रमण भएको आशंका गरिएको छ ।