भारतीय ४ लाख रकमसहित एकजना पक्राउ
१७ असोज, रौतहट । भारतबाट अवैध रुपमा भित्र्याइएको ४ लाख भारतीय रकमसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
कृष्णनगर नगरपालिका ३ लक्ष्मीनगरबाट विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरन्जन राज कार्कीको कमाण्डमा खटिएको टोलीले रकमसहित कृष्णनगरका ५४ वर्षीय पप्पु गुप्तालाई पक्राउ गरेको हो ।
बिशेष सूचनाको आधारमा चेकजाँच गर्दा लुकाईछिपाई ल्याउँदै गरेको अवैध ४ लाख भारतीय रकम गुप्ताको साथबाट बरामद भएको सशस्त्र प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
उक्त रकम ५ सयको ४०० थान र २ हजारको १०० थान गरी भारतीय चार लाख जस्को नेपाली रकम ६ लाख ४० हजार हुन्छ । गुप्तालाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रूपन्देहीमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी निरीक्षक कार्कीले बताए ।