नेकपा सचिवालय बैठक आइतबार ४ बजे बस्ने

   १७ आश्विन २०७७, शनिबार १२:११  

१७ असोज, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार अपराह्नको लागि तय गरिएको संचिवालय बैठक स्थगित भएको छ ।

सरकारी निवास बालुवाटारमा आज ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एक नेताले जानकारी दिएका छन् । शनिबार स्थगित भएको बैठक आइतबार ४ बजे बूने ती नेताले बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक सरेको जानकारी नेताहरुलाई गराएका थिए ।

बिहीबार सरकारले मुख्यसचिव र तीन देशमा राजदूत नियुक्त गरेपछि नेकपाभित्र पुनः विवाद शुरु भएको छ ।

अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको पछिल्ला नियुक्तिलाई लिएर बैठकमा असन्तुष्टि राख्ने तयारी गरेका छन् ।

त्यसबाहेक बैठकमा पूर्वनिर्धारित एजेण्डामा पनि छलफल हुने सम्भावना छ । असोज ४ मा बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिहरूबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने र विविध एजेण्डा थिए ।