रौतहटमा थप २ जनामा कोरोना संक्रमण पुष्टि ।

   १६ असार २०७७, मंगलवार ११:०४  

असार १६, रौतहट । रौतहट जिल्लामा बितेको २४ घण्टामा आज थप २ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुस्टि भएको छ । हाल सम्म रौतहट जिल्लाका ११ हजार ७८ जनाको स्वाब परिक्षण गर्दा १ हजार १ सय ९१ जनामा कोरोना भाईरसको (कोभिड १९) संक्रमण पुस्टि भएको छ । स्वाब संकलन गरिएको मध्ये ७ सय ८४ जनाको रिपोर्ट आउन अहिले बाकी रहेको जिल्ला प्रशासन रौतहट ले जनाएको छ।
रौतहट जिल्लाका विभिन्न आइसोलेसनमा हाल ३२ महिला र ३७७ पुरुष गरि ४०९ जना उपचारत रहेका छन्, भने आइसोलेसनबाट ७८२ जना संक्रमित निको भएर घर र्फिता भएका छन् ।