कञ्चनपुरमा धान थ्रेसिङ मेसिनको पट्टामा कपाल अल्झेर एक महिलाको मृत्यु

   १६ आश्विन २०७७, शुक्रबार १४:०५  

१६ असोज, रौतहट । कञ्चनपुरमा धान थ्रेसिङ मेसिनमा परी एक महिलाको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका वडा नं. ७ बस्ने ४५ वर्षीया लक्ष्मी साउदको शुक्रबार बिहान ७ बजे खेतमा धान थ्रेसिङ गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायक उपरीक्षक अमर थापाले जानकारी दिए ।

धान थ्रेसिङ गर्ने क्रममा साउदका कपाल मेसिनको पट्टामा अल्झेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

घटनाबारे सोधपुछका लागि ट्रयाक्टर धनी समेत रहेका चालक गणेश रानालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।