मकवानपुरमा ट्रक दुर्घटना हुदाँ तीन जना घाइते

   १६ आश्विन २०७७, शुक्रबार ११:२३  

१६ असोज, रौतहट । मकवानपुरको भैसेखोलामा शुक्रबार बिहान ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका १ स्थित भैँसेस्थित सुन्दरी मावि नजिकै आज बिहान हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक सडकबाट करिब २० मिटर तल खोलामा खसेको हो ।

ना. ७ ख ४२५२नं.को ट्रक दुर्घटना हुदाँ सवारी चालक बारा कलैया २ का मिश्रीलाल राउत, सहचालक कन्हैयालाल पटेल र गाडीमा सवार अनिलकुमार कुसवाहा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका तीनै जनाको हेटौँडा अस्पतालमा उपचार भैरहेको प्रहरीले बताए । प्रहरीका अनुसार ट्रककको स्टेयरिङ बिग्रिएर दुर्घटना भएको छ ।