बालुवाटारमा प्रधानमन्त्री ओली र दाहालबीच भेटवार्ता

   १६ आश्विन २०७७, शुक्रबार १०:४१  

१६ असोज, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अधयक्ष एवम प्रधानमनत्री केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल (प्रचण्ड) बीच सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

शुक्रबार बिहान करिब साढे ९ बजेदेखि अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा हिजो प्रधानमन्त्री ओलीको एकलौटी निष्कर्षको बारेमा छलफल भएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीले आफ्ना आर्थिक सल्लाहकार तथा पुर्व अर्थमन्त्री समेत रहेका युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्त गर्न बिहीबार मन्त्रिपरिषदबाट सिफारिस गरेका थिए ।

यस्तै, ओलीले हिजै राजीनामा दिएका मुख्यसचिव लोकदर्शन रेग्मीलाइ बेलायतकालागी राजदुत र रिक्त रहेको मुख्यसचिवको पदमा शंकरदास बैरागीलाइ नियुक्ती गर्ने निर्णय गरेका थिए ।

राजनीतिक नियुक्ति हुँदा पार्टीमा छलफल गर्ने स्थायी कमिटी बैठकको निष्कर्ष रहेको भन्दै केही सचिवालय सदस्यले मन्त्रिपरिषदको बिहीबारको निर्णयको विरोध गर्दै आगामी सचिवालय बैठकमा यसबारे कुरा उठाउने बताएका थिए ।