मन्त्रिपरिषदको बैठक बालुवाटारमा शुरु

   १५ आश्विन २०७७, बिहीबार ११:३८  

१५ असोज, रौतटह । सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सरुु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएका जानकारी अनुसार बैठक बिहीबार अपरान्ह बस्ने तय भएपनि आज बिहानै सुरु भएको हो ।

हप्तामा दुई दिन सोमवार र बिहीवार नियमित बैठक बस्न सक्ने ब्यवस्था रहेको थापाले जानकारी दिए । आज अपरान्ह प्रधानमन्त्री व्यस्त हुने भएकाले बिहानै बोलाइएको उनको भनाई छ । हप्तामा दुई दिन बस्न सक्छ भन्ने हो । अरु बेला ४ बजे बस्ने गरेको थियो । आज बिहानै भयो, उनले बताएका छन् । मन्त्रिपरिषद पुनर्गठबारे चर्चा भए पनि ढिलाई भइरहेको छ ।

नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहल प्रचण्डबीच मन्त्रिपरिषदमा क कसलाई सहभागी गर्ने र कसलाई बिदा गर्ने भन्नेमा कुरा नमिलेको बताइएको छ ।

प्रचण्ड प्रधानमन्त्रीबाहेक सबैलाई राजिनामा गराएर पुनर्गठन हुनुपर्ने अडानमा छन्, भने ओली पुराना अनुहारको पनि निरन्तरतामा छन् ।