आज पनि सुनचाँदीको भाउ बढ्यो

   १४ आश्विन २०७७, बुधबार १५:३१  

१४ असोज, रौतहट । नेपाली बजारमा बुधबार फेरी सुनचाँदीको मूल्यमा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंभका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ९० तोकिएको महासंघले जनाएका छन् ।

मंगलबार छापावाला सुनको भाउ ९४ हजार २०० रुपैयाँ, तेजाबी सुन ९३ हजार ७०० रुपैयाँ तथा चाँदी तोलाको १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।