आज सुनचाँदीको मूल्य स्थिर

   १२ आश्विन २०७७, सोमबार १२:२७  

१२ असोज, रौतहट । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदी पनि आइतबारकै मूल्य १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

केही साताअघिसम्म सुनको मूल्य लगातार बढेको भएपनि पछिल्ले समय सुनको मूल्यमा क्रमशः गिरावट आइरहेको छ ।