पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
द नेपाल मिडिया
११ आश्विन २०७७, आईतवार १४:१६
११ असोज, रौतहट । ललितपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा आइतबार भक्तपुर निवासी ५४ वर्षीय महिलाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको हो । मृत्क महिलामा ज्वरो आएपछि भदौ २९ गते उपचारका लागि पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।
उनलाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएपछि, उपचार जारी नै थियो ।