चितवनमा मृत्यु भएको पुरुषमा कोरोना पुष्टि

   १० आश्विन २०७७, शनिबार १६:२०  

१० असोज, रौतहट । कैलालीका एक पुरुषको चितवनमा मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

गोदावरी नगरपालिका १ का ३० वर्षीय पुरुषको शुक्रबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनमा श्वासप्रश्वासको समस्या आएपछि ९ गते अस्पताल भर्ना भएका थिए ।

इमर्जेन्सी आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।