वीरगञ्जमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
द नेपाल मिडिया
९ आश्विन २०७७, शुक्रबार १३:०५
९ असोज, रौतहट । वीरगञ्जमा थप १५ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा बिहीबार राति गरिएको पीसीआर परीक्षणमा पर्सामा ११ र बारामा ४ गरी १५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
थपिएको १५ जना संक्रमितहरुमध्ये १४ जना पुरुष र १ जना महिला रहेको नारायणी अस्पतालमा प्रवक्ता एवम वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।