बारबर्दियाका वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु
७ असोज, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट बारबर्दिया नगरपालिकाका वडाध्यक्षको बुधबार मृत्यु भएको छ ।
बारबर्दिया नगरपालिका वडा नं. ३ का ३९ वर्षीय सुर्यबहादुर थारुको शिक्षण अस्पताल कोशलपुरमा उपचारको क्रममा मृत्यु भएको बारबर्दिया नगर प्रमुख दुर्गाबहादुर थारुले जानकारी दिएका छन् ।
उनलाई दश दिनअघि टाईफाईड देखिएको थियो । भेरी अन्चल अस्पतालमा प्रारम्भिक उपचारको क्रममा रहेका थारुलाई कोरोना संक्रमण पुष्टि भएसँगै शिक्षण अस्पताल कोहलपुर सारिएको थियो ।
कोरोना संक्रमित थारुलाई श्वासप्रश्वासको समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।