पुराना राजनीतिज्ञ आचार्यको निधन

   ७ आश्विन २०७७, बुधबार ११:४८  

७ असोज, रौतहट । पुराना राजनीतिज्ञ, कथाकार तथा तत्कालीन रनजपरिषद स्थायी समितिका सदस्य यज्ञप्रसाद आचार्यको निधन भएको छ ।

मुटु र मिर्गौलाका समस्याबाट पीडीत आचार्यको काठमाडौँ नर्भिक अस्पतालमा मंगलबार अपरान्ह ५ः४५ बजे निधन भएको उनको छोरा सुरेशप्रसाद आचार्यले जानकारी दिएका छन् । उनको राति नै दाहसंस्कार गरिएको परिवारले जनाएको छ ।

उनी तत्कालीन राजा वीरेन्द्रको शासनकालमा गाउँ फर्क राष्ट्रिय अभियान, नेपाल युवक संगठनका केन्द्रीय सभापति र राजपरिषद स्थायी समितिका सदस्य समेत रहेका आचार्यले कम्युनिष्ट पार्टीको सदस्यताबाट राजनीति सुरु गरेका थिए । धनकुटामा जन्मिए पनि उनले धरानबाट राजनीति सुरु गरेका थिए । उनी धरान नगरपालिकामा तीन पटक नेतृत्वमा पुगेका थिए ।

आचार्यका ‘मुक्तात्मा र ‘फ्युजनको जगमा शिल्यान्यास’ नामक कथा संग्रह र ‘जे देखेँ जे भोगेँ’ आत्मकथा भर्खरै प्रकाशित भएको थियो ।