गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
असार १६, रौतहट । गुल्मीमा थप आज ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको गुल्मीदरवार गाउँपालिकामा २१ जना, रुरुक्षेत्र गाउँपालिकामा ८ जना र छत्रकोट गाउँपालिकामा ८ गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् ।
नयाँ ३७ जना संक्रमित थपिएसँगै गुल्मी जिल्लामा कोरोना पुष्टि भएकाहरुको संख्या ३२४ पुगेको छ । ४२ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् भने जिल्लामा कोरोना भाईरसबाट ३ जनाको मृत्यु भइसकेको छ ।
जिल्लाबाट १ हजार ५ सय २२ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ३८५ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।