करेन्ट लागेर सोलुखुम्बुका वडाध्यक्षको मृत्यु
द नेपाल मिडिया
६ आश्विन २०७७, मंगलवार १३:२६
६ असोज, रौतहट । सोलुखुम्बुमा करेन्ट लागेर घाइते भएका वडाअध्यक्षको मृत्यु भएको छ । जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको हो ।
मंगलवार बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिए ।
प्रहरीका अनुसार मंगलवार बिहान ८ः३० बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते भएका तामाङको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्थानीय तहको निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित पनि भएका थिए ।