आजको नेकपा सचिवालय बैठक स्थगित, मंगलबारको बैठक बालुवाटरमा नै बस्ने

   ५ आश्विन २०७७, सोमबार १२:०१  

५ असोज, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक मंगलबार दिउँसो १२ः ३० बजे बस्ने गरी स्थगित भएको हो ।

पेरिसडाँडामा आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको थियो ।

मंगलबारको बैठक बालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।