नेपालमा थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

   ३ आश्विन २०७७, शनिबार १६:४७  

३ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै देशभर कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानेकारी दिए ।

यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १५३ जना र होम आइसोलेशनमा ९ हजार ९७६ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४७ जना निको भएका छन्, भने हालसम्म निको हुनेको कुल संख्या ४५ हजार २ सय ६७ पुगेको छ ।

त्यसैगरी कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय १ पुगेको छ ।