सप्तरीमा थप ३८ जना प्रहरीमा कोरोना संक्रमण
२ असोज, रौतहट । सप्तरीमा कार्यरत थप ३८ जना प्रहरी कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
बिहीबार साँझको पीसीआर परीक्षण गर्दा जिल्ला प्रहरी कार्यालय सप्तरीका ३८ जना प्रहरीको कोरोना रिपोर्ट पोजेटि आएको प्रदेश २ प्रहरी कार्यालयका एक अधिकृतले जनाएका छन् ।
यस्तै, दश दिनअघि सप्तरीका प्रहरी उपरिक्षक (एसपी) सहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा थप प्रहरीलाई संक्रमण देखिएको हो । शुरुमा प्रहरी उपरिक्षक सहित सिनियर अधिकृतमा लक्षण देखिएपछि पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
सप्तरीमा संक्रमित प्रहरीको संख्या ५८ पुगेको छ । तीमध्ये २५ जना जिल्ला प्रहरी कार्यालयकै आइशोलेशनमा छन् भने अन्यलाई गजेन्द्र नारायण सिंह मेमोरियल अस्पतालको आइसोलेशनमा राखिएको छ ।
त्यस्तै, संक्रमित मध्ये ८ जना प्रहरी कोरोना जितेर नियमित ड्युटीमा फर्किसकेका छन