२ असोज, जनकपुर । नेपालको इतिहासमा दोस्रो रेल्वेको रुपमा सञ्चालन भएको जयनगर ९बिहार० देखि जनकपुरसम्म पहिलोपटक ब्रोडगेज लाइन नियमित हुन लागेको छ । न्यारोगेजमा सञ्चालन भइरहेको रेलसेवा बन्द भएको छ वर्षपछि शुक्रबार पहिलोपटक ब्रोडगेज लाइनमा यात्रुवाहक रेल जयनगरबाट जनकपुर आउन थालेको हो ।
नेपाली भूमिमा पहिलो पटक विसं १९८४ मा रेल चलेको थियो । तत्कालीन बेलायती सरकारले भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म ३९ किलोमिटर रेलवे निर्माण गरी सेवा सञ्चालनमा ल्याएको थियो । उक्त समयमा तराईका यस भेकका मानिसले अमलेखगन्जबाट भीमफेदी हुँदै काठमाडौंसम्म पुग्न पैदल यात्रा गर्थे । उक्त रेलसेवा विसं २०२२ मा बन्द भयो ।नेपालमा पहिलो रेल सञ्चालन भएको ठीक १० वर्षपछि अर्थात् विसं १९९४ सालमा दोस्रो रेलका रुपमा बिहारको जयनगरबाट जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म ५२ किलोमिटर सञ्चालन भयो । दुवै रेल स्टिम ९कोइलाबाट चल्ने० इन्जिनले सञ्चालन भइरहेको थियो ।
जयनगर(जनकपुर(बिजलपुरा रेलवे तत्कालीन बेलायती सरकारले नेपाली भूमिबाट जडीबुटी र काठ ओसार्न निर्माण गरेको थियो । उक्त मालवाहक रेलमै कामदार चढ्न डब्बा ९बोगी० पनि बनाइएको थियो । यस क्षेत्रका जंगल मासिएपछि सोही रेल यात्रुवाहक रुपमा सञ्चालन हुन थाल्यो ।सुरुमा कोइलाबाट चल्ने उक्त रेलको इन्जिन फेरेर डिजलबाट चल्ने बनाइयो । ६ वर्ष अघिसम्म धनुषाको दक्षिणी भेकलाई भारतीय बजार जयनगरसँग जोड्न र जिल्लाको पूर्वी क्षेत्रलाई धनुषाको सदरमुकाम जनकपुरसँग जोड्न एकमात्र भरपर्दो साधनका रुपमा उक्त रेलसेवा सञ्चालन भइरहेको थियो ।
सुरुमा जयनगरदेखि जनकपुर हुँदै बिजलपुरासम्म सञ्चालन हुने यो रेल जनकपुर र बिजलपुरा खण्डमा दुईवटा पुल भत्केपछि २०५८ देखि जयनगरदेखि जनकपुरसम्म सीमित हुन पुगेको थियो । २०७१ माघ महिनामा सरकारले पूर्ण रुपमा रेलसेवा ठप्प गरी ब्रोडगेज निर्माण प्रक्रिया सुरु गरेको थियो ।भारतीय सरकारको आर्थिक सहयोगमा जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म ब्रोडगेज निर्माण जारी छ । तीमध्ये जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्मको लाइन निर्माण पूरा भएको छ ।
निकट भविष्यमै बिजलपुरासम्म सञ्चालन गर्ने गरी द्रुत गतिमा काम भइरहेको रेल विभागका साइट इन्जिनियर विनोद ओझाले जानकारी दिए ।इन्जिनियर ओझाका अनुसार बिजलपुरासम्म सञ्चालनमा आइसकेपछि बर्दिबाससम्मको लाइन निर्माण सुरु हुनेछ । बर्दिबासम्म रेलवे लाइन बनाउन आवश्यक जग्गा अधिग्रहणको कार्य भने पूरा भइसकेको ओझाले जानकारी दिए ।
नेपाल सरकारले एक वर्षअघि ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरिद गर्न भारतीय कम्पनीसँग सम्झौता गरेको थियो । उक्त दुवै रेल निर्माण भएर बिहीबार जयनगर आइसकेको छ भने आज ९शुक्रबार० जनकपुरसम्म ल्याउने तयारी गरिएको छ ।