नेकपा सचिवालय बैठक असोज ४ गतेसम्मका लागि स्थगित
२ असोज, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक असोज ४ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
शुक्रबार बिहान ११ बजे बस्ने सचिवालय बैठक असोज ४ गतेसम्मका लागि सरेको सूचना सदस्यहरुलाई पठाइएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइसकिएको थियो ।
यसअघि नेकपाका बैठकहरु धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।






