विराटनगरमा थप एक संक्रमितको मृत्यु

   १ आश्विन २०७७, बिहीबार १३:२३  

१ असोेज, रौतहट । कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ ।

विराटनगरको कोसी अस्पतालका आइसोलेसनमा भर्ना भएका विराटनगर महानगरपालिका ६ का ६६ वर्षीय पुरुषको मृत्यु भएको छ । बुधबार राति करिब ११ बजे भर्ना भएका उनको १२ बजे मृत्यु भएको थियो । मृत्यु पश्चात जाँच गर्दा बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको हो ।

कोशी अस्पताल आइसोलेसन संयोजक डाक्टर लक्ष्मीनारायण यादवका ६६ वर्षीय पुरुषलाई गम्भीर अवस्थामा बुधबार राति ११ बजे कोशी अस्पताल भर्ना गरिएको थियो । आइसोलेसनमा भर्ना भएको करिब १ घण्टापछि मृत्यु भएको थियो । मृत्यु पछि बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको हो ।

ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्नले ति पुरुषलाई लाइफगार्ड अस्पताल विराटनगर र्पुयाएका थिए । अस्पतालले कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि कोशी अस्पताल पठाएको थियो । यससँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।