नेपालमा थपिए १ हजार ३९ कोरोना संक्रमित
२८ भदौ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
स्वास्थ्य तथा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएका जानकारी अनुसार विगत २४ घण्टामा ९ हजार १ सय ८५ जनाको पीसीआर परिक्षण गर्दा १ हजार ३९ जनाको पोजेटिभ रिपोर्ट आएको हो । योसंगै देशभर कोरोनाबाट संक्रमित हुनेहरुकोकुल संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।
यस्तै, हालसम्म नेपालमा संक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ८७ रहेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टा नेपालमा १ हजार १ सय ७३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यस्तै हालसम्म कोरोना मुक्तहुनेको कुल संख्या ३८ हजार ६ सय ९६ पुगेको छ ।
त्यस्तै विगत २४ घण्टामा कोरोना संक्रमणका कारण आज थप ९ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुगेकोछ ।
यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा ५ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।