करेन्ट लागेर चितवनमा दुई सैनिकको ज्यान गयो

   २७ भाद्र २०७७, शनिबार १५:०२  

२७ भदौ, रौतहट । चितवनमा रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर दुई सैनिकको ज्यान गएको छ ।

कालिका नगरपालिका– ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई सैनिकको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सुर्य थापाले जानकारी दिए ।

सैनिक कम्पाउण्डभित्र रहेका रुखको हाँगा काट्दा करेन्ट लागेर सुवेदार र एकजना जवानको मृत्यु भएको डीएसपी थापाले बताए । करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही साजन कुमालको ज्यान गएको हो ।

श्रेष्ठलाई उपचारको लागि भरतपुर लैजाँदै गर्दा र कुमालको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।