रौतहटमा धारिलो हतियारको प्रहारले एक जना गम्भीर घाइते

   २६ भाद्र २०७७, शुक्रबार ११:५१  

२६ भदौ, रौतहट । रौतहट जिल्लामा अज्ञात व्यक्तिको धारिलो हतियारको प्रहारले एक जना गम्भीर घाइते भएका छन ।

राजपुर नगरपालिका वडा नंम्बर २ फतुवाका महेशपुर टोलका ५४ बर्षीय सुरज मुखियालाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएका छन । घरबाट बिहान करिब ५:३० बजेको समयमा धान खेत हेर्न जाँदै गर्दा अपरिचित व्यक्तिले छुरा प्रहार गरि उनलाई गम्भीर घाइते बनाएका थिए ।

मुखियाको दाहिने हात र पेटको दाहिने पट्टी छुरा प्रहार भएको छ ।

घाइते मुखियाको सदरमुकाम गौर अस्पतालमा समान्य उपचार गरी थप उपचारको लागि उनलाई बिरगंज पठाइएको प्रहरि प्रबक्ता डिएसपी भरत श्रेष्ठले बताए ।