कटुवा पेस्तोलसहित जनकपुरबाट दुई जना पक्राउ
२५ भदौ, रौतहट । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाबाट बिहीबार कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन ।
उपमहानगरपालिका ७ स्थित मुसहरी टोलबाट कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउण्ड गोलीसहित जनकपुरधाम लोहना निवासी २१ वर्षीय अजयराज कायस्थ र सोही ठाउँका २४ वर्षीय सुनिलकुमार मण्डल पक्राउ परेका हुन ।
प्रदेश २–००३०० प. ७३७७ नम्बरको मोटरसाइकल चढेर आउँदै गरेका उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्रकुमार मिश्रले बताए ।
मिश्रका अनुसार दुवै जना हतियार बेच्नलाई जनकपुरधामतर्फ आइरहेका थिए ।