चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
द नेपाल मिडिया
२५ भाद्र २०७७, बिहीबार १५:१०
२५ भदौ, रौतहट । कोरोना संक्रमणका कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा चितवनका नै एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ११ का कोरोना संक्रमित ६२ बर्षका पुरूषको उपचारका क्रममा आज दिउँसो १२:२० मा मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएका छन् ।
उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो, र उनी कडा निमोनियाबाट पीडित पनि थिए ।
हालसम्म चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।