सुनको मूल्य फेरि बढ्न थाल्यो
द नेपाल मिडिया
२५ भाद्र २०७७, बिहीबार ११:३८
२५ भदौ, रौतहट । नेपाली बजारमा सुनचाँदीको मूल्य आज फेरि बढको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोलामा ४ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा ९६ हजार ८ सय रुपैयाँ कायम गरिएको छ, भने तेजावी सुुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ तोकिएको हो ।
त्यसैगरी आज चाँदीको भाउमा पनि १० रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भैइरहेको महासंघले जनाएका छन् ।






