दुई महिना भन्दाबढी लाग्ने मेलम्चीको सुरुङमा पानी भर्नमा

   २४ भाद्र २०७७, बुधबार १३:५६  

२४ भदौ, रौतहट । मेलम्चीको सुरुङमा फेरि पानी भर्ने काम थाल्न दुई महिनाभन्दा बढी समय लाग्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाले कार्यतालिका पुनरावलोकन गर्दै गेटमा देखिएको समस्या समाधानका गर्न करिब दुई महिना समय लाग्ने बताएको छ ।

दुर्घटनाको सम्भावना नहुने गरी अडिट टनेलको ढोका (गेट)को डिजाइन गरेर आयोजनाले ठेकेकदारलाई छिटो जडान गर्न ताकेता गरेको छ । परामर्शदता र ठेकेदार कम्पनीले गेटको नयाँ डिजाइन बनाएर त्यसलाई स्वीकति गराएर काम पनि थालेका छन ।

मेलम्चीको मुख्य सुरुङको ‘अडिट’ सुरुङमा पानी थुन्न बनाइएको ढोकाको डिजाइन र जडानमा भएको त्रुटिका कारण गत असार ३० गते एक जनाको मृत्यु र एक जना बेपत्ता हुने गरी दुर्घटना भएको थियो ।

दुर्घटनापछि खानेपानी मन्त्रालयले गरेको अध्ययनले सुरुङमा ढोका जोड्दा व्यवहारिकता अपनाउने नाममा लापरवाही गरिएको निष्कर्ष निकालेको थियो ।

खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी नेतृत्वको समितिले आयोजनाको स्थलगत अध्ययन गरेर डिजाइनअनुसार गेट नजोड्दा सुरुङमा दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।

सुरुङभित्र पानीको चाप मापन गर्ने भरपर्दो र विश्वसनीय प्रणाली पनि नजोडिएकाले समस्या आएको थियो । सुरुङको ढोका खुल्नुमा आयोजना, ठेकेदार कम्पनी र परमर्शदाता सबै कम्पनी दोषी ठहर भएको थियो ।