प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता जारी

   २४ भाद्र २०७७, बुधबार १२:२५  

२४ भदौ, रौतहट । सरकारी निवास बालुवाटामा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

दुई अध्यक्षबीच शुक्रबार बस्ने स्थायी कमिटी बेठक र त्यसमा पेश गर्ने सहमतिको प्रस्तावबारे छलफल हुने बुझिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । दुवै नेता उक्त प्रस्ताव तयार पार्ने गृहकार्यमा जुटेका छन ।

नेकपामा पछिल्लो समय देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र कार्यान्वयनका विषयमा कसरी अघि बढ्दा उपयुक्त हुन्छ भन्नेमा छलफलपछि प्रस्ताव तयार गरेर अघि बढ्ने तयारी छ ।

कार्यदलको प्रतिवेदनमा वरिष्ठ नेता नेपाललले राखेको असन्तुष्टिलाई सम्बोधन गर्ने विषयमा ओली प्रचण्ड केन्द्रीत रहेको बुझिएको छ ।