दुई मदिरा उद्योगले आफ्नो पुँजी र क्षमता अभिवृद्धिको पूर्वाधार बनाउन पाउने

   २३ भाद्र २०७७, मंगलवार १४:५३  

२३ भदौ, रौतहट । संसदीय समितिको निर्देशन तथा रक्सी उद्योगको औचित्यबारे विवादका कारण करिब डेढ वर्षदेखि सुनुवाई नभएको निवेदनमा बोर्डले स्वीकृति दिएको हो ।

औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको २३१ औं बैठकले यस्तो निर्णय गरेको उद्योग मन्त्रालयले जनाएको छ । ‘बोर्ड बैठकबाट गोर्खा ब्रुअरी र सुमी डिष्टीलरीले यस्तो अनुमति पाएका छन,’ मन्त्रालयका स्रोतले भन्यो ।

नयाँ स्वीकृतिपछि अब दुवै कम्पनीले आफ्नो पुँजी र क्षमता अभिवृद्धिको पूर्वाधार बनाउन पाउने छन । बोर्डको ३० औं बैठकमा गोर्खा ब्रुअरीको पूँजी वृद्धि तथा क्षमता विस्तार गरि युनिट एक स्थापना गर्न स्वीकृति दिन प्रस्ताव पठाइएको थियो ।

यस्तै सुमी डिष्टिलरीको पनि पुँजी र क्षमता वृद्धि गर्न स्वीकृति प्रस्ताव पेश भएको थियो । गत वैशाखमा मदिरा उद्योगको क्षमता अभिवृद्धिबारे बोर्डको २३० औँ बैठकमा प्रस्तावित उक्त एजेण्डा अस्वीकृत भएको थियो ।