ठूलो परिमाणमा लागुऔषधसहित भक्तपुरबाट दुई जना पक्राउ
द नेपाल मिडिया
२३ भाद्र २०७७, मंगलवार ११:१०
२३ भदौ, रौतहट । ठूलो परिमाणमा लागुऔषधसहित नेपाल प्रहरीको अपराध महाशाखाले दुई जनालाई पक्राउ गरेको छ ।
वीरगञ्जबाट ट्रकमा आएकाहरु भक्तपुरबाट पक्राउ परेका हुन । ना ३ ख ९०८९ नम्बरको ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्ति, लागुऔषधको नाम र परिमाण लगायतका विस्तृत विवरण प्रहरीले खुलाएको छैन ।
अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘अनुसन्धान जारी रहेकाले सबै कुरा अहिले नै सार्वजनिक गर्न मिल्दैन । अपरेसन पूरा भयो भने हामी पत्रकार सम्मेलन गरेरै जानकारी दिन्छौं ।’