वर्षायाममा एसिडिटीको समस्या र घरेलु उपचार

   १४ असार २०७७, आईतवार ०७:५९  

असार १३, रौतहट । हाम्रो पेटमा बन्ने एसिड वा अम्ल त्यस भोजनलाई पचाउने काम गर्छ, जो हामी खान्छौ । तर, कतिपय अवस्थामा पचाउनका लागि पेटमा पर्याप्त भोजन हुँदैन वा एसिड आवश्यक मात्राभन्दा बढी बन्छ । यस्तो एसिडिटी वा अम्लताको समस्या हुन्छ । खासगरी मसलेदार खानेकुरा एसिडिटीको कारण बन्ने गरेको छ । यस्तो खानेकुरा पचाउन गाह्रो हुन्छ र एसिड पैदा गर्ने कोशिकाले आवश्यक्ताभन्दा बढी एसिड बनाउनका लागि उत्तेजित गर्छ ।
पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त नामको रोग लाग्ने गर्छ । यो रोग वातावरणको आद्रताका कारण हुन्छ । त्यसैले त, एसिडिटीको समस्या वर्षामा धेरै हुन्छ ।
त्यसबाहेक, अत्याधिक मात्रामा पिरो, अमिलो तथा मसलेदार खानेकुराको सेवन, चिया, कफी, मदिरा, धुमपान आदीको सेवनले पनि एसिडिटी बढ्ने गर्छ । एसिडिटी भएमा पेट, छाती तथा घाँटी पोल्ने, अमिलो डकारका साथमा अमिलो पानी आउने गर्छ । कहिले काहीँ उल्टी हुनसक्छ । अत्याधिक मात्रामा एसिडिटी भएमा अपच, कब्जियत तथा पखाला हुन्छ ।
एसिडिटीको आम कारण लामो समय भोको बस्नु ।
अनियमित तरिकाले खानेकुरा सेवन गर्नु ।
मसलेदार खानेकुरा बढी सेवन गर्नु ।
विशेषज्ञका अनुसार तनाव पनि एसिडिटीको कारण हो ।
काम वा अत्याधिक दबाब वा पारिवारिक तनाव लामो समयसम्म रहयो भने शारीरिक तन्त्र प्रतिकूल ढंगले काम गर्न थाल्छ । र, पेटमा एसिडको मात्रा आवश्यक भन्दा बढी बन्छ ।
यसबाट के छ जोगिने उपाय रु
विहान उठ्नसाथ मनतातो पानी सेवन गरौ । रातभर पेटमा बनेको आवश्यक्ताभन्दा बढी एसिड वा अनावश्यक तत्व पानीको माध्यामबाट शरीर बाहिर निस्कन्छ ।
केरा, तरबुजा, मेवा, कांक्रा जस्ता फलफूल खानेकुरामा सामेल गरौ । यी फलको रस एसिडिटीको उपचारमा प्रभावकारी हुन्छ ।
यदि कसैलाई एसिडिटीको समस्या छ भने नरिवल पानी लाभदायक हुनसक्छ ।
अदुवाले पाचन क्रियालाई राम्रो बनाउँछ ।
भोजनको अम्लिय प्रभावलाई दुधले पूर्ण रुपमा निष्प्रभाव बनाउँछ । यद्यपी एसिडिटीको उपचारको लागि दुध लिनुअघि चिकित्सकको सल्लाह लिनुपर्छ । किनभने कतिपय व्यक्तिमा दुधले एसिडिटी बढाउन पनि सक्छ ।
कार्बोहाइड्रेटले भरपुर खानेकुरा जस्तो कि चामलले एसिडिटी रोक्छ । किनभने यस्तै भोजनको कारण पेटमा एसिड कम मात्रामा बन्छ ।
दश देखि २० मिलिलिटर घिउकुमारीको रस नियमित रुपमा सेवन गर्ने
एक चम्चा ज्वानोमा एक चौथाई कागतीको रस मिसाएर त्यसको रस पिउने । यसले ग्यासको समस्याबाट राहत दिन्छ ।
अदुवाको रसमा थोरै सिले नुन हालेर त्यसमा भुटेको जिरा मिसाएर सेवन गर्ने । त्यसपछि एक गिलास मोहीको सेवन । यसले एसिडिटीको समस्या कम गर्छ ।
नियमित व्यायाम र ध्यान क्रियाले पेट, पाचन यन्त्रलाई चुस्त, तन्दुरुस्त राख्छ । त्यसैले नियमित रुपमा व्यायाम गर्नुपर्छ ।