कोरानोको लक्षण देखिएका व्यक्तिको मृत्यु

   २२ भाद्र २०७७, सोमबार १२:४३  

२२ भदौ, रौतहट । कोरानोको लक्षण देखिएका व्यक्तिको वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएको छ । बाराको कोल्हावी नगरपालिका ४ सपहीका २३ वर्षीय युवकको उपचारको क्रममा मृत्यु भएको हो ।

उनको उपचारको क्रममा आइतबार राति ८ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए । श्वासप्रश्वासलगायत कोभिडको लक्षण देखिएका उनी आइतबार दिउँसो अस्पतालमा भर्ना भएका भएका थिए ।

मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको तर रिपोर्ट आउन बाँकी रहेको डाक्टर चौैरसियाले बताए ।