भदौ २६ गते नेकपा स्थायी कमिटी बैठक बस्ने
द नेपाल मिडिया
२२ भाद्र २०७७, सोमबार ११:५६
२२ भदौ, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक आगामी भदौ २६ गते बस्ने भएको छ ।
आज विहान बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री समेत रहेका र अर्का अध्यक्ष पुष्पकमलल दाहालबीच भएको छलफलमा बैठक बोलाउने सहमति भएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
छलफलमा पार्टी महासचिव विष्णु पौडेलसमेत उपस्थित थिए । स्थायी कमिटीको पूर्वनिर्धारित बैठक १३ साउनमा स्थगित भएको थियो ।