गण्डकी प्रदेशका डीआईजीलाई कोरोना संक्रमण पुष्टि

   २१ भाद्र २०७७, आईतवार १४:०२  

२१ भदौ, रौतहट । गण्डकी प्रदेशका प्रहरी नायक महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा अर्याललाई कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणको लागि बिहीबार स्वाब दिएकोमा आज कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

कोरोना भाईरसको संक्रमण पुष्टि भएपनि अर्यालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोभिड १९ का संक्रमण देखिएपछि, डीआईजी अर्याल हाल क्वार्टरकौ आइसोलेसनमा बसेका छन् ।