अवैध रुपमा नदीजन्य पदार्थ ओसार पसार गर्ने १४ टिपर नियन्त्रणमा

   १९ भाद्र २०७७, शुक्रबार १२:१९  

 

१९ भदौ, रौतहट । अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गरी ओसार पसार गर्ने टिपरहरुलाई नियन्त्रणमा लिएर सशस्त्र प्रहरीले जिल्ला समन्वय समिति रौतहटमा बुझाएको छ ।

रौतहटको बाग्मती नदीबाट उत्खनन गरिएको गिट्टि बालुवा जिल्लाको विभिन्न भागमा ढुवानी भइरहेको अवश्थामा सशस्त्र प्रहरी बल सन्तपुरले नियन्त्रणमा लिएको हो । नदी उत्खननको ठेक्का बन्द रहेको अवश्थामा अवैध तरिकाले निकालिएको नदीजन्य पदार्थहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी ११ नं. गण रौतहटले जनाएको छ ।

आर्थिक वर्षको समाप्ती सँगै तिन महिनका लागी नदीजन्य पदार्थको निकासीको इजाजत बन्द भएको हुन्छ । नदीबाट अवैध किसिमले ढुङ्गा गिट्टि निकालेर व्यवसायीक प्रयोजनको लागी लग्दै गरेकोले पक्राउ परेका सवारी साधनहरुलाई कारवाही गरिने जिल्ला समन्वय समितिका लेखापाल देव कुमार यादवले बताए । नियन्त्रणमा लिएका सवारी साधनमा लोड गरिएको सामान जफत गरेर सवारी साधनलाई नियमानुसान कारवाही गरिने उनले बताए ।